वंशवाली

बजिमय जाति परिचय
नेपाल अधिराज्य भित्र रहेका नेवार समुदाएका प्रमुख जाति मध्ये जोन्छे भित्रका बजिमय जति वर्तमानमा ग्रामिन बजारदेखि शहरी क्षत्रसम्म कृषि ,ब्यापार, उद्दाोग र नोकरीमा कृयाशील भए तापनि कृषि र ब्यापार नै बजिमयका आनुवंशिक ब्यवशाय हो । पीरष्कृत सामाीजक रीतिरिवाजको निम्न अग्रणी भूमिका खेल्न चाहने नेवार जातिको आफ्नै छुट्टै रञ्जना लिपि भए तापनि हिमाल मुनि र तराई मास्तिर बसोबास गर्ने दिक्तेल बजारकन बजिमय सन्ततिले देवानगरी लिपी अंगालेको पाईन्छ । श्रेष्ठ जाति भित्र बजिमयलाई ६ थर समुदायका मानिएका छन् । हिन्दु धर्ममा विश्वास राख्ने बजिमय जातिका कन्याको विवाह नगरी रजश्वला भयो भने कन्या कर्मविहिन हुन्छिन् भन्ने मान्यता रहेकोले विवाह पूर्व वेललाई सुर्वर्ण कुमा्र मानी वेलविवाह गरी गुफा राखिने र केटाको छेवर गरेपछि मात्र कुमार केटा धर्मकर्म र विवाह गर्न योग्य मानिने परम्परा रहेको छ । जोन्छें बजिमयको मुल थर हो ।
एकताका उपत्यकाबाट विस्थापित भएर दिक्तेल पुगेको बजिमय जाति आधुनिकता तिर बढ्दै परिवारका सदस्यहरु शताब्दीपछि पुनः काठमाण्डौ उपत्कामा समेत अस्थायी र स्थायी रुपले बसोबास गर्दछन । हाल अध्ययन र रोजगारीका निम्ति अमेरिका, युरोप, अष्ट्रेलिया र एसियाका विभिन्न देशहरुमा समेत दिकतेल बजारका बजिमय सन्ततिको बसोबास छ । वंश र चेलितर्फ डाक्टर, ईन्जिनियर, पाईलट, कानुन विज्ञ, बैंकिङ्ग विज्ञ, वैज्ञानिक, विद्यावारिधि तथा सरकारी सेवामा उच्च पद धारण गरेका ब्यक्तित्वहरु शैक्षिक क्षेत्रका दृष्टान्त हुन् । राजनीतिक क्षेत्रमा संविधान सभा र ब्यवस्थापिका संसद सदस्यको भूमिकामा समेत रहिसकेको बजिमय जाति सहयोगी भावना र कर्तब्च्युक्त नहुने स्वभाविक आचारणका मानिन्छन् । गीत, संगीत, नृत्य, मनोरन्ज, खेलकुद, काब्य, ललितकला र भ्रमणका सौखिन सामाजिक संवेगमा बहन चाहने बजिमय जाति नृत्व देवताको रुपमा भगवान महादेव र पुजा अर्चनामा गणेशलाई प्रथम पुजन मान्दछन् भने याक्तीदव, भैलदेव र भीमसेनलाई आफ्नो इष्टदेवता र भक्तपुर स्थित बाराही ख्योंको दर्शनलाई विशेष महत्व दिने गर्दछन् । बजिमय सन्ततिद्वारा वि.सं. २०७३ सालदेखि कुलदेवता स्थल भक्तपुरमा पुजन आराधना गर्ने कार्यको प्रारम्भ गरिएको छ । पशुपतिनाथ, स्वयम्भुनाथ, दक्षिणकाली, बुढानीलकण्ठ, तलेजु भवानी, बाराही अजीमा, वाराही ख्यों, मुक्तिनाथ, लुम्बिनी, बराहक्षेत्र, जानकी मन्दिर, हलेसी महादेव तथा स्थानीय देवीथान, बुधेश्वर महादेव र गणेश भीमसेन मन्दिर बजिमय जातले मानि आएका दर्शनीय तीर्थस्थल हुन् ।

Add Your Heading Text Here

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.